
काठमाडौं, फागुन १९ । नेकपा सचेतक शान्ता चौधरीले दाहाल–नेपाल समूहले निलम्बन गर्ने अधिकार नभएको बताउनुभएको छ ।
उहाँले सामाजिक सञ्जाल मार्फत ‘हामी हाम्रो घरमा शानदार रुपमा बस्छौं, घरलाई सुन्दर बनाउँछौं । पाहुना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्न सक्दैनन् ‘ भन्नुभएको छ ।
दाहाल–नेपाल समूहको नेकपाको केन्द्रीय कमिटी बैठकले ओली समूहका ७ जना नेतालाई कारबाही गरेको छ ।
बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी आचरण विरुद्धको काम गरेको भन्दै सुवासचन्द्र नेम्वाङ, शान्ता चौधरी, महेश बस्नेत, विशाल भट्टराई, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।
बैठकले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र सचेतक शान्ता चौधरीलाई पनि पदमुक्त गर्ने निर्णय गरेको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने स्थायी कमिटीको निर्णयलाई अनुमोदन समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्