२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


म्यानमारमा सेनाको आक्रमणबाट ६ जनाको मृत्यु


0
Shares

काठमाडौं, फागुन १९ । म्यानमारमा प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको दमनमा परी बुधबार पनि कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेबु्रअरी १ देखि म्यानमारमा प्रदर्शन भइरहेका छन् ।

निर्वाचनमा धाधली भएको भन्दै म्यानमारको सेनाले सत्ता कब्जा गरेको छ ।

सैनिक शासन सुरु भएयता म्यानमारमा सेनाले नागरिक माथि दमन गर्दै आएको छ ।

जसको अन्तराष्ट्रिय रुपमा नै आलोचना भइरहेको छ ।

पश्चिमा मुलुकहरुले म्यानमारको सैनिक नेतृत्वमाथि प्रतिबन्धहरु घोषणा गरेका छन् ।

म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गुनमा आज पनि प्रदर्शनहरु भइरहेका छन् ।

सैनिकले सत्ता कब्जा गरेपछि आइतबार सबैभन्दा रक्तपातपूर्ण रहेको थियो ।

राष्ट्रसंघका अनुसार देशका विभिन्न भागमा आइतबार एकै दिन कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

देशका विभिन्न भागमा सुरक्षा फौजले पत्रकारहरु र नागरिक समाजका व्यक्तिहरुलाई पनि धरपकड गरेको छ । (एजेन्सी)