१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल चैत २ गतेका लागि बैठक सर्‍यो


0
Shares

काठमाडौं, फागुन १९ । प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल फेरि २ हप्तापछि सरेको छ ।

फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गर्नुभएको थियो ।

बैठक बस्ने एक दिनअघि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर चैत २ गतेसम्मलाई सारेको हो ।

प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले बुधबार सूचना जारी गर्दै फागुन २० गतेका लागि बोलाइएको बैठक विशेष कारणले सरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार अबको बैठक चैत २ गते सोमबार बस्नेछ ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै दाहाल–नेपाल समूहले पुस १२ गते अविश्वास प्रस्ताव पेश गरेको थियो ।

तर उक्त प्रस्तावमाथि अहिलेसम्म छलफल भएको छैन ।