
काठमाडौं, फागुन १९ । वायु सेवा सञ्चालकहरुले सगरमाथा राष्ट्रिय निकुञ्जभित्र हेलिकप्टरको उडान र अवतरणमा रोक लगाउने निर्णय सच्याउन उद्योगमन्त्री लेखराज भट्टलाई आग्रह गरेका छन् ।
निकुञ्जभित्र हेलिकप्टरको उडान र अवतरणमा सगरमाथा राष्ट्रिय निकुञ्जले लगाएको रोकको विरोध गर्दै वायुसेवा सञ्चालकहरुले उद्योगमन्त्री भट्टलाई बुधबार ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरुले संरक्षित क्षेत्रहरुमा पूर्ववत रुपमा प्रचलित व्यवस्थानुसार नै सम्पूर्ण प्रकृतिका हेलिकप्टर उडानहरु निर्वाध रुपमा संचालन गर्ने व्यवस्था गरिदिन माग गरेका छन् ।
वायु सेवा सञ्चालकका सचिव सुमन पाण्डेले निकुञ्जको निर्णयले हेलिकप्टर मात्रै नभई पर्यटन उद्योगमासमेत असर परि धेरैको रोजगारी गुम्ने बताउनुभयो ।
द्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राष्ट्रिय निकुञ्जलाई संरक्षण गर्दै उद्योगलाई पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरोकारवालाहरुसँग छलफल गरि दीर्घकालीन उपाय खोजिने आश्वासन दिनुभयो ।
सगरमाथा राष्ट्रिय निकुञ्जले सो क्षेत्रका लुक्ला, स्याङबोचे र नाम्चेका तीन स्थानवाहेक अन्य स्थानको उडान तथा अवतरण रोक्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्