
काभ्रे, फागुन १९ । रोडा–ढुंगा उद्योगका कारण काभ्रेको एउटा वस्ती नै संकटमा परेको छ ।
मापदण्डलाई बेवास्ता गरि सञ्चालन भएका काभ्रेको बेथान्चोक गाउँपालिका–४ स्थित चलाल गणेशस्थान रोडाढुंगा उद्योग र एसएस रोडा ढुंगा उद्योग प्रालिका कारण स्थानीय सास्ती खेप्न बाध्य भएका हुन् ।
बस्तीनजिकै जंगलको बिचमा खानी रहेको र उद्योगका टिपर दैनिक ओहोर–दोहोर गर्दा धुलोले कृषि उत्पादनमा कमी आउनुका साथै पानीको मुहान सुक्दै गएकोे स्थानीय बताउँछन् ।
सम्बन्धित निकायबाट बेलाबेलामा खानीको अनुगमन भएपनि आफुहरुको कुरा कसैले नसुनेको उनीहरुको गुनासो छ ।
यस विषयमा काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलसँग सोध्दा गाउँपालिकासँग वुझ्नुस भन्दै उहाँ पन्छिनु भएको छ ।
उता गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना भने खानीवालाले शक्तिको आडमा माथिदेखि नै सेटिङ गरेका कारण काम गर्न समस्या भएको बताउनुहुन्छ ।
घरेलु तथा साना उद्योग कार्यालय काभ्रेमा हालसम्म ३३ वटा क्रसर तथा ढुंगाखानी दर्ता भएका छन् ।
तर दर्ता भएका अधिकांश उद्योगले मापदण्ड पालना गरेका छैनन् भने कतिपय क्रसर तथा ढुंगा खानी प्रशासनको आँखा छल्दै लुकिछिपी सञ्चालन भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्