
काठमाडौं, फागुन १९ । नेपाली सेनाका पृतनापतिहरुको सम्मेलन बुधबारदेखि राजधानीमा शुरु भएको छ ।
सात वटै पृतनाका प्रमुखहरु तथा उच्च तहका सैनिक अधिकृतिहरु सम्मिलित सम्मेलनको बुधबार जंगीअड्डामा उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनामा व्यावसायीकता, लगनशिता र कर्तव्यबोधको भावना रहेको बताउनुभयो ।
उहाँले विगतको गहन समिक्षासहित सेनाको भावी कार्यदिशा र योजनाका लागि सम्मेलनले ठोस आधार तयार पार्ने विश्वास पनि ब्यक्त गर्नुभयो ।
त्यस क्रममा प्रधान सेनापति पुर्णचन्द्र थापाले सेनामा परिवर्तनलाई संस्थागत गर्दै लैजानु आवश्यक रहेको बताउनुभयो ।
तीन दिने सम्मेलनमा पृतनापतिहरुले देशको वर्तमान वस्तुस्थिति र सुझावहरु प्रस्तुत गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्