
काठमाडौं, फागुन १९ । मंगलबार उच्च अंकले ओरालो लागेको शेयर बजारमा बुधबार पनि दोहोरो अंकको गिरावट आयो ।
उतारचढाव बिच बजार परिसुचक नेप्से ३९ अंकले ओरालो लागेर २४ सय १६ बिन्दुमा आई थामियो ।
यसदिन अधिकाशं समुहमा गिरावट आउदा शेयर बजारमा पनि गिरावट आएको हो ।
बुधबार क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ ईन्डेक्स पनि ७ प्रतिशत भन्दा बढि अंकले ओरालो लागेको छ ।
यसदिन व्यापार समुह सबैभन्दा बढि ९ प्रतिशतले उकालो लागेको छ ।
बुधबार जीवन बिमा समुहमा सबैभन्दा उच्च ४ सय ५२ अंकको गिरावट आउदा निर्जिवन बिमा समुह १ सय ६७ अंकले ओरालो लाग्यो ।
उत्पादन समुह ८७, अन्य समुह ८४ अंकले ओरालो लागेका छन् ।
यस्तै लघुवित्त समुहमा पनि ५६ अंकको गिरावट आयो भने व्यापार समुह उच्च ३ सय ६ अंकले उकालो लाग्दा होटल तथा पर्यटन समुहमा पनि ३५ अंकको सुधार आएको छ ।
बुधवार २९ कम्पनीको शेयर मुल्य बढ्दा १ सय ३९ कम्पनीको मुल्यमा गिरावट आएको छ ।
सात कम्पनीको मुल्य स्थीर रहेको नेप्सेले जनाएको छ ।
यसदिन दुई सय १२ कम्पनीको १ करोड १३ लख बढी कित्ता शेयर ६ अर्ब २५ करोड बढीमा कारोवार भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्