१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


कार र मोटरसाइकल ठोकिँदा २ जनाको मृत्यु, ४ घाइते


0
Shares

झापा, फागुन १९ । झापाको कनकाई नगरपालिका ४ कोटिहोमस्थित पूर्वपश्चिम राजमार्गमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा ४ जना घाइते भएका छन् ।

कोटोहोम नजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग्यास बोकेको ट्रकले ओभरटेक गर्ने क्रममा बिपरित दिशातर्फ जादै गरेको कार र मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी कार चालक दिपक क्षेत्री र कारमा सवार दिलिप रानामगरको मृत्यु भएको हो ।

गंभीर घाइते भएका दुवै जनाको बिएण्डसी हस्पिटलमा उपचारको क्रममा ज्यान गएको हो त्यस्तै ४ जना घाइते भएका छन् ।

कारमा सवार मृतक मगरकी श्रीमती अन्जु मगर,सुरेश मगर, मोटरसाइकल चालक झापा शिवसताक्षी बस्ने ज्ञानबहादुर कसाई र मोटरसाइकलमा सवार सोनम श्रेष्ठ घाइते भएका छन् ।

उनीहरुको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक चालक फरार छन् ।