१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


केही समयमै वृद्धभत्ता पाँच हजार पुर्‍याउने प्रधानमन्त्री ओलीले फेरि दिए बचन


0
Shares

सिन्धुली, फागुन २० । प्रधानमन्त्री केपी ओलीले केही समयभित्रै वृद्धभत्ता पाँच हजार पुर्‍याउने बचन दिनुभएको छ ।

सिन्धुलीमा सुनकोशी–मरिन डाइभर्सन बुहउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै केही समयभित्रै वृद्धभत्ता पाँच हजार पुर्‍याउने बताउनुभएको हो ।

२०५१ सालमा आफूहरुले नै मासिक एक सय रुपैयाँबाट वृद्धभत्ता दिने थालेको भन्दै उहाँले बढाएर तीन हजार पुर्‍याइएको र केही समयभित्रै त्यसलाई पाँच हजार पुर्‍याइने बचन दिनुभयो ।

कार्यक्रममा पुष्पकमल दाहाल–माधव नेपाललाई पार्टी भित्रका पिलोको संज्ञा दिँदै उहाँले ‘केही पिलोहरू उछिट्एर जान्छन्, निचोरिएर जान्छन् । तपाईंहरूलाई अहिले राजनीतिबारे चिन्ता होला, अब चिन्ता गर्नु पर्दैन,’ भन्नुभयो ।