१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


ताज महल बन्द


0
Shares

काठमाडौं, फागुन २० । भारतको आग्रामा रहेको प्रसिद्ध पर्यटकीय स्थल ताज महलमा बम राखिएको भन्ने हल्ला फैलिएपछि ताजमहल क्षेत्र बन्द गराइएकोे छ ।

भारतका स्थानीय सञ्चारमाध्यमले बिहीबार बिहानदेखि ताज महल बन्द गराइएको जनाएका हुन् ।

त्यसपछि स्थानीय प्रशासनले ताजमहल घुम्न गएका विदेशी तथा स्वदेशी पर्यटकलाई पनि बाहिर निकालिएको थियो ।

बम राखिएको हल्ला फैलिदा कम्तीमा पनि एक हजार जना पर्यटक ताजमहल हेर्न गएको जनाइएको छ ।

एक अज्ञात व्यक्तिले फोनबाट ताजमहलमा बम राखिएको बताएको सुरक्षा अधिकारीले बताएका छन् ।

पर्यटकलाई बाहिर निकालेर थालिएको खोजतलासबाट कुनै पनि विष्फोटक पदार्थ फेला नपरेको पनि अधिकारीहरुले बताएका छन् ।

मुगल सम्राट शाहजाँहले आफ्नी श्रीमती मुमताजको स्मृतिमा सन् १६५३ मा ताजमहल निर्माण गरेका थिए । (एजेन्सी)