१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धनकुटामा लोपोन्मुख कुखुरा संरक्षण अभियान


0
Shares

धनकुटा, फागुन २० । धनकुटाको पाख्रीवासस्थित कृषि अनुसन्धान केन्द्रले लोपोन्मुख स्थानिय जातका कुखुराको संरक्षण र सम्बद्र्धनको काम थालेको छ ।

गाउँ गाउँमा समेत स्थानिय जातका कुखुरा पालन हराउँदै गए पछि त्यसको संरक्षणका लागि अनुसन्धान केन्द्रले काम थालेको केन्द्रका प्रमुख डा. गोविन्दप्रसाद तिम्सिनाले जानकारी दिनुभयो ।

स्थानीय कुखुराको माग बजारमा भए पनि व्यवसायिक रुपमा पाल्ने गरिएको छैन ।

सेखिमे, प्वाँखउल्टे र घाँटीखुईले नेपालका रैथाने प्रजातिका कुखुरा हुन् ।

यसमा पनि प्वाँखउल्टे कुखुरा लोपोन्मुख अवस्थामा रहेको छ ।

त्यसैले पनि रैथाने जातका कुखुराको संरक्षणमा लागिएको तिम्सिनाले बताउनुभयो ।