१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला रिहा


0
Shares

काभ्रे, फागुन २१ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोलालाई रिहा गरिएको छ ।

सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि पटक पटक पक्राउ गरिएका बाँस्तोलालाई काभ्रे प्रहरीले शुक्रबार बिहान रिहा गरेको हो ।

विप्लव नेतृत्वको नेकपा र सरकारबीच बिहीबार तीन बुँदे सहमति भएसँगै प्रहरी हिरासतमा रहेका नेता बाँस्तोलालाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

आगजनी तथा संगठित अपराधको मुद्दामा बाँस्तोलालाई प्रहरीले पक्रेको थियो । बाँस्तोलालाई उनकी श्रीमती र ज्वाईको जिम्मामा छाडिएको एसपी खत्रीले जानकारी दिनुभयो ।