७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सुनको मूल्य ९ सयले घट्यो


0
Shares

काठमाडौं, फागुन २१ । सुनको भाउ शुक्रबार तोलामा ९ सय रुपैयाँले घटेको छ ।

बिहीबार ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ शुक्रबार ८५ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सुनको भाउ ८५ हजार १ सय ५० रुपैयाँमा आइपुगेको छ ।

चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।

बिहीबार १२ सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आज १२ सय ५० रुपैयाँ तोकिएको छ ।

नेपाली सुन बजारको भाउ अन्तराष्ट्रिय मूल्य निर्धारणकै कारण प्रभावित हुने महासंघले जनाएको छ ।

यो साता आइतबारेदेखि आजसम्ममा मात्रै सुनको भाउ दुई हजार ७ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ ।