
काठमाडौं, फागुन २१ । चीनले सन् २०२१ मा ६ प्रतिशत बढीको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।
बेइजिङको ग्रेट हल अफ द पिपुल्समा सुरू भएको १३ औं संसदको चौंथो अधिवेशनमा बोल्दै प्रधानमन्त्री ली खछ्याङले यो वर्ष थप १ करोड १० लाख सहरी रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको घोषणा गर्नुभएको हो ।
कोरोना भाइरसको महामारीको समीक्षा र भावी योजना तय गर्न संसदको बैठक बसेको हो ।
बैठकमा बोल्दै प्रधानमन्त्री खछ्याङले सन् २०२० मा आर्थिक वृद्धि गर्ने संसारका ठूला अर्थतन्त्रमा चीन एक्लो रहेको दाबीसमेत गर्नुभएको छ ।
कोरोना भाइरसको महामारीले विश्वका सबै ठूला अर्थतन्त्र थलिएका बेला चीनले गत वर्ष २.३ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो ।
गत वर्ष चीनले हङकङमा राष्ट्रिय कानुन लागू गरेपछि कम्युनिष्ट पार्टीले एक देश दुई व्यवस्था अन्तर्गतको यो सहरलाई कसरी व्यवहार गर्छ भन्नेमा अन्तर्राष्ट्रिय चासो रहेको बेला चीनले यस्तो दाबी गरेको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्