
कैलाली, फागुन २१ । विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुनलाई जिल्ला अदालत कैलालीबाट रिहा गरिएको छ ।
जिल्ला कारागार कैलालीबाट जिल्ला अदालत ल्याएर पुन र अर्का प्रदेश सदस्य विवेक कुमाललाई रिहा गरिएको हो ।
नेपाल सरकार र विप्लब नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएपछि उनीहरुलाई रिहा गरिएको अदालतले जनाएको छ ।
रिहा भएपछि पुन र कुमाललाई नेकपा कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्