
सर्लाही, फागुन २१ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको केन्द्र सार्ने तयारी भएपछि तनाव उत्पन्न भएको छ ।
चन्द्रनगर गाउँपालिकाको वडा नं. ६ र ७ मा पर्ने नाढीमन ताल परिसरमा रहेको गाउँपालिका वडा नं. २ बबरगञ्जमा सार्न खोजिएपछि असहजस्थिति सिर्जना भएको हो ।
स्थानीयले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेर नाराबाजी गरेका छन् ।
चन्द्रनगरको वडा नं. ६ र ७ का स्थानीय वासिन्दासँगै नेपाली कांगे्रेस र नेकपाका नेता कार्यकर्ताहरुले नाढीमनमै गाउँपालिकाको केन्द्र रहनु पर्ने माग गरेका छन् ।
गाउँपालिका कार्यालय क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
प्रहरीले भिड नियन्त्रण गर्न १७ राउण्ड अश्रुग्यास समेत प्रयोग गरेको थियो ।
शनिबार बस्ने गाउँपालिकाको विशेष गाउँ सभाले गाउँपालिकाको केन्द्र सार्ने निर्णय गर्ने थाहा पाएपछि विरोध सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्