१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


ज्योति लाइफ इन्स्योरेन्सको शेयर खुला


0
Shares

काठमाडौं, फागुन २१ । ज्योति लाइफ इन्स्योरेन्को शेयर शुक्रबारबाट सर्वसाधारणलाई बिक्री खुला भएको छ ।

कम्पनीले ६६ करोड रुपैयाँको एक सय रुपैयाँ दरका कुल ६६ लाख कित्ता शेयर जारी गरेको हो ।

यसमध्ये ६ लाख ६० हजार कित्ता शेयर कम्पनीले सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएको छ ।

शुक्रबारबाट बिक्री खुल्ला भएको शेयर २५ गतेसम्म खरिद गर्न सकिने छ ।

कम्पनीले आगामी आइतबारबाट शेयर जारी गर्ने योजना बनाएकोमा त्यस अघि नै शेयर जारी भएको हो ।

यता, मेरो शयरबाट आइपिओ भर्ने बढ्दै गएसँगै वेभसाइटमा समस्या आउने क्रम पनि बढ्दै गएको छ ।

यो वेबसाइटमा आईपिओ खुल्दा वा बाँडफाँट गर्दा हरेक समय जसो समस्या आउने गरेको छ ।

साइटमा समस्या आएसंगगै यसबाट आइपिओ भर्न नपाएको लगानीकर्ताले गुनासो गरेका छन् ।