
काठमाडौं, फागुन २१ । भारतीय इलेक्ट्रोनिक कम्पनी इन्टेक्सले नेपाली बजारमा थप उत्पादन भित्र्याउने भएको छ ।
हाल नेपाली बजारमा इन्टेक्सका मोबाइल, मोबाइल एक्सेसरिज, होम अप्लाइन्सेस, स्पीकर, लगायत सूचना प्रविधिका विभिन्न सामानहरु उपलब्ध हुँदै आएको छ ।
सन् २०२१ मा नेपाली उपभोक्ता लक्षित गर्दै आफ्ना उत्पादनहरु विस्तार गराउने कम्पनीको योजना छ । आगामी नयाँ वर्षबाट मौसम अनुसारका उत्पादन बजारमा क्रमश उपलब्ध गराउँदै लाने कम्पनीको योजना छ ।
भारतीय बजारमा अग्रणी दाबी गरेको कम्पनी नेपालमा पनि अग्रणी रुपमा बजार हिस्सा ओगट्ने तयारीमा छ ।
आफ्ना उत्पादनहरु उपभोक्ता मैत्री रहेको कम्पनीको दाबी छ ।
सन् १९९६ बाट भारतमा सुरु भएको कम्पनीले सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन उपलब्ध गराउँदै आएको छ ।
नेपाली बजारमा १५ फरक मोडलका फिचर मोबाइलहरु उपलब्ध गराइरहेको इन्टेक्सले थप १० मोडलका मोबाइल उपलब्ध गराउने योजना अघि सारेको छ ।
उपभोक्तालाई चाहिने सम्पूर्ण इलेक्ट्रोनिक सामान उपलब्ध गराउने कम्पनीको लक्ष्य छ ।
प्रतिक्रिया दिनुहोस्