१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संघीय संसदको हिउँदे अधिवेशन आइतबारबाट सुरु


0
Shares

काठमाडौं, फागुन २२ । संघीय संसद प्रतिनिधिसभाको हिउँदे अधिवेशन आइतबारदेखि सुरु हुदैछ ।

विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही ढिला सुरु हुन लागेको हो ।

कोरोनाको महामारीका कारण यसअघि बजेट अधिवेशन पनि छोटो समयमा नै अन्त्य गरिएको थियो ।

अधिवेशन लामो समय नचल्दा संघीय संसदमा विधेयकको चाप छ ।

संघीय संसद्को पहिलो अधिवेशनदेखि गत पुस ५ गतेसम्म १२८ विधेयक दर्ता भएका छन् ।

दर्तामध्ये दुवै सदनबाट पारित भई ६९ विधेयक ऐन बनिसकेका छन् ।

दुवै सभामा र समितिमा ५५ विधेयक विभिन्न चरणमा विचाराधीन रहेका छन् ।

विचाराधीन विधेयकमध्ये दर्ता भई वितरण गरिएका विधेयक १७ वटा छन् ।

दुवै सभाका समितिहरूमा १०, १० वटा विधेयक विचाराधीन छन् ।

राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा सन्देशसहित पठाएका विधेयक संख्या दुई छ  ।

सन्देश भने पेस हुन बाँकी रहेको संघीय संसद् सचिवालयले जनाएको छ  ।

राष्ट्रिय सभामा सदस्यहरूलाई वितरण गरिएका विधेयक पाँचवटा छन् ।

यस्तै सभामा विचाराधीन रहेका तीन, समितिमा विचाराधीन रहेका १० विधेयक छन् ।

प्रतिनिधि सभाबाट प्राप्त सन्देश पेस हुन बाँकी विधेयक एउटा मात्र छ ।

संघीय संसद्का दुवै सदनमा गरी आठवटा सन्धि तथा सम्झौता विचाराधीन छन् ।

संघीय संसदले हालसम्म छवटा सन्धि तथा सम्झौता पारित गरिसकेको छ ।

विचाराधीन सम्झौतामा नेपाल सरकार र अमेरिकी सहयोग नियोग (एमसीसी) बीच भएको सम्झौता पनि छ  ।

दुई वर्षभन्दा लामो समयदेखि सम्झौता विचाराधीन छ  ।