
काठमाडौं, फागुन २२ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको संसदीय दलको बैठक शनिबार बस्दैछ ।
दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले आइतबारबाट शुरु हुने पुनस्थापित प्रतिनिधि सभाको बैठक अघि आवश्यक रणनीति तय गर्ने बताइएको छ ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री के पी शर्मा ओलीको निर्णय पछि नेकपा दुई समूहका विभाजित भएको छ ।
दुवै समूह संसदीय दलमा आफ्नोे पकड मजबुत बनाउने प्रयासमा छन् ।
आइतबार मात्रै नेकपाको दाहाल नेपाल समूहले संसदीय दलको बैठक राखेर पुष्पकमल दाहाललाई दलको नेता चयन गरेको थियो ।
बिहिबार मात्र दाहाल नेपाल समूहले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएको थियो ।
सो समूहले आफ्ना पक्षमा १ सय ११ सांसद रहेको दाबी गरेको छ ।
दाहाल नेपाल समूहले प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने जनाएको छ ।
नेकपाको प्रतिनिधि सभामा १७४ र राष्ट्रिय सभामा ५० जना गरी कुल २२४ जना सांसद हुन् ।
प्रतिक्रिया दिनुहोस्