
काठमाडौं, फागुन २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहले नेकपाको संसदीय दलको नेतामा केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको जानकारी सभामुख अग्नि सापकोटालाई गराएको छ ।
सो समूहका अध्यक्षद्वय दाहाल र माधवकुमार नेपालले आफ्ना केही सांसदसहित संसदका महासचिव भरतराज गौतमलाई भेटेर यससम्बन्धि निर्णयको जानकारी दिनुभएको हो ।
उहाँहरुले नेकपाका बहुमत सांसदले ओलीलाई हटाएर दाहाललाई नेता चुनेको पत्र र हस्ताक्षर दुबै बुझाउनुभएको हो ।
संसद सचिवालयले भने तत्काल दाहाललाई दलको नेताको मान्यता दिनेबारेमा निर्णय गर्न नसकिने जनाएको छ । उसले छलफलकै चरणमा रहेको प्रतिक्रिया दिएको हो ।
शुक्रबार बसेको संसदीय दलको बैठकमा ११५ जना सांसदले दाहाललाई नेता चुन्न सहमति दिएको बताइएको थियो ।
प्रतिक्रिया दिनुहोस्