१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दाहाल–नेपाल पक्षको सूचना दर्ता गर्न संसद सचिवालयले किन मानेन ?


0
Shares

काठमाडौं, फागुन २३ गते । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको छ ।

यससम्बन्धि सूचना दिन पुगेका उक्त पक्षका अध्यक्षद्वय दाहाल र माधव नेपालसहितका नेतालाई परामर्श गरेर मात्रै निर्णय लिने भन्दै संसद सचिवालयका महासचिवले जवाफ दिनुभएको हो ।

दलको बैठकलगत्तै बहुमत सांसदको हस्ताक्षर रहेको दाबीसहित नेताहरु संसद सचिवालयका महासचिव भरतराज गौतमलाई भेट्न पुग्नुभएको थियो ।

तर गौतमले कानून र ऐन तथा सम्बन्धित दलको विधान बुझेर आवश्यक प्रक्रिया अघि बढाउने जवाफ दिएपछि चर्को श्वरमा एकछिन विवाद नै पन भएको थियो ।

आफूहरु वैधानिक भएको भएकाले मान्यता दिनुपर्ने जिकीर नेताहरुले गरेका छन् भने दर्ता नगरी नजाने अडान राखेका छन् ।