
तस्विर फाइल
काठमाडौं, फागुन २३ । नेकपाको केपी शर्मा ओली पक्षले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ ।
सो पक्षको संसदीय दलका उपनेता सुवास नेम्वाङले ईमेज टेलिभिजनसँग टेलिफोनमा कुरा गर्दै आफूहरुले सर्वोच्चको यो फैसलालाई पनि आफूहरुले मान्ने भन्दै सूर्य चिन्हसहित नेकपा एमाले र हसिया हथौडासहित माओबादी केन्द्र २०७५ साल जेठ ३ गते अघिको अवस्थामा पुगेको बताउनुभयो ।
उहाँले प्रतिनिधिसभा पुनस्थापना गर्ने सर्वोच्चको फैसला पनि आफूहरुले मानेको भन्दै यो फैसलालाई पनि स्वीकार्ने पनि बताउनुभयो ।
उता, नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले भने आफूहरुको अपेक्षा भन्दा बाहिरको फैसला आएको भन्दै फैसला अध्ययन गरेर कदम चाल्ने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्