१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेशलाई माछा उत्पादनमा आत्मनिर्भर बनाउने


0
Shares

हेटौंडा, फागुन २३ । बागमती प्रदेश सरकार अन्तर्गतको पशुपन्छी निर्देशनालय हेटौंडाले प्रदेशलाई माछा उत्पादनमा आत्मनिर्भर बनाउने उद्देरश्यले मत्स्य बिकास र बिस्तारका कार्यक्रमहरु अघि बढाएको छ ।

जस अन्र्गत पोखरी निर्माण, नयाँ प्रविधिको बायोफ्लग पोखरी निर्माण र साझेदारीमा एकीकृत रेन्बो ट्राउट माछा पालन रहेका छन ।

हेटौंडाको चुच्चेखोला, मनहरी गाउपालिकाको वडा न २ मा दुइ वटा र वडा न ३ मा एक वटा गरी १० हेक्टरमा माछा पालनका लागी पोखरी निर्माण गर्न कृषि सहकारी र कृषि फार्म दर्ता गरिएका ३ जना कृषकहरुलाई करिब रु ५० लाख अनुदान उपलब्ध गराइएको हो ।

इजरायली प्रविधि बायोफ्लगबाट थोरै जग्गामा सिमेन्टेड वा प्लास्टिकको पोखरी निर्माण गरी माछा पालन गर्न मिल्ने र परम्परागत माछा पोखरीमा भन्दा ५ गुणा भन्दा बढी माछा उत्पादन लिन सकिने जनाइएको छ ।