१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सांसदलाई खबरदारी गर्दै माइतिघरमा प्रदर्शन


0
Shares

काठमाडौं, फागुन २३ । नागरिक अगुवाहरुले सांसदहरुलाई खबरदारी गर्न भन्दै आइतबार माइतिघर मण्डलादेखि बानेश्वर सम्म प्रदर्शन गरेका छन् ।

जुलुशका सहभागीहरुले सांसदहरु खबरदार, सत्ताको मोहमा नफस, स्वार्थको खेलमा नफस, संसदको गरिमा कायम गर, न्यायको लडाइँ जारी छ, लगायतका प्लेकार्डहरु बोकेका थिए ।

उनीहरुले सांसदहरु होसियार हुनुपर्ने र नागरिक आन्दोलन जारी रहेको भन्दै नाराबाजी समेत गरेका थिए ।