
जनकपुर, फागुन २३ । प्रदेश २ को सत्तारुढ दलमा रहेको किचिलोका कारण प्रदेश सभाको बैठक ५ महिनादेखि अवरुद्ध रहेको छ ।
पार्टी एकीकरणपछि दलले नयाँ संसदीय दलको नेता र प्रमुख सचेतक चयन गर्नुपर्नेमा समायोजन सम्बन्धि विवादले सत्तारुढ दलले दलको नेता समेत चयन गर्न सकेको छैन ।
प्रतिपक्षी दल नेकपा दाहाल नेपाल समूहका सांसद रामचन्द्र मण्डलले भने पार्टी एकीकरणको ११ महिना बितिसक्दा पनि सत्तारुढ दलले नयाँ संसदीय दलको नेता चयन गर्न नसकेको बताउनुभयो ।
अर्काे प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले पनि सरकारमा बसेकाहरुले आफ्नो पद गुम्ने डरले संसदीय दलको नेता चयन गर्न नसकेको जिकीर गर्नुभयो ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले संसदीय दलको नेता चयनमा विवाद रहेको स्वीकार्दै चांडै संसदीय दलको नेता चयन हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्