
काठमाडौं, फागुन २३ । वरिष्ठ राजनीतिज्ञ एवं पूर्वमन्त्री पिताम्बर ध्वज खाती दम्पतीको आइतबार निधन भएको छ ।
पूर्वमन्त्री पिताम्बर ध्वज खातीसँगै उहाँकी धर्मपत्नी शिव कुमारी खातीको एकैदिन र एउटै समयमा निधन हो ।
बिहान दम्पती अचानक बिरामी भए पछि दुबैलाई नर्भिक अस्पताल लगिएको थियो ।
आइतबार दिउँसो १ः३० बजे खाती दम्पती एकैपटक निधन भएको हो ।

पूर्वमन्त्री खाती श्रीमती करीब एक वर्षदेखि बिरामी भएपनि पूर्वमन्त्री खातीलाई भने एकसाता अघिदेखि स्वासप्रस्वासमा समस्या देखिएको थियो ।
पूर्वमन्त्री खाती वि.स. २०२९ सालदेखि २०३५ सालसम्म ४ पटक मन्त्री बन्नु भएको थियो ।

उहाँ गृहराज्य मन्त्री, यातायात राज्यमन्त्री, स्वास्थ्य मन्त्री र उद्योग वाणिज्य मन्त्री भइसक्नु भएको थियो ।
वि.स. २०१४ सालमा प्रेम विवाह गरेका खाती जोडीको अन्तिम संस्कार समेत एउटै चितामा गरिएको हो ।
खातीको ८७ वर्षको उमेरमा निधन भएको हो ।
खातीका १ छोरा र ४ छोरी हुनुहुन्छ छन् ।

स्नातकसम्म अध्ययन गर्नुभएका खाती लेखन तथा साहित्यमा पनि रुचि राख्नु हुन्थ्यो ।
उहाँ श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको अध्यक्ष समेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्