
काठमाडौं, फागुन २३ । गत बिहीबार ९० अंकले उकालो लागेको शेयर बजारमा आइतबार २१ अंकले गिरावट आएको छ ।
योसँगै परिसुचक २४ सय ८५ विन्दुमा आएर थामिएको छ ।
कारोबार रकम पनि ५ अर्बको हाराहारीमा खुम्चिएको छ ।
यसदिन होटल तथा पर्यटन समुह ५० र र जलविद्युत समूह १८ अंकले सकारात्मक रहे बाहेक अरु सबै समुह रातो रहे ।
जीवन बीमा समूह सबैभन्दा उच्च ३ सय ६ अंक, व्यपार समुह १ सय ८१ अंक, निर्जिबन बिमा ८५ अंक अनि लघुवित्त समूह ५१ अंकले ओरालो लागे ।
यस दिन ३६ कम्पनीको शेयर मुल्य बढ्दा १ सय ३० कम्पनीको मुल्यमा गिरावट आएको छ भने ९ कम्पनीको मुल्य स्थीर रहेको नेप्सेले जनाएको छ ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ११ कम्पनीको १ करोड १७ लाख बढी कित्ता शेयर ५ करोड बढीमा कारोवार भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्