१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भोकमरीबाट दैनिक २५ हजार व्यक्तिको मृत्यु हुँदा वर्षेनी विश्वमा ९० करोड टन खानेकुरा खेर जाँदै


0
Shares

काठमाडौं, फागुन २४ । विश्वभर हरेक वर्ष ९० करोड टन खानेकुरा खेर जाने गरेको एक तथ्यांकले देखाएको छ ।

जबकी विश्वमा दैनिक २५ हजार व्यक्तिको मृत्यु भोकमरी र भोमरीजन्य रोगका कारण हुने गरेको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ । जसअनुसरा ९१ लाखभन्दा बढी व्यक्तिको मृत्यु यसैका कारण हुने गर्दछ ।

संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रम फुड वेस्ट इन्डेक्सका अनुसार वर्षेनी ९० करोड टन खाद्यान्न फ्याँक्ने गरिएको हो । पसल, घर र रेस्टुरेन्टमा उपभोक्ताको निम्ति उपलब्धमध्ये १७ प्रतिशत खानेकुरा सिधै फोहोरमा फालिने गरिएको बीबीसीले जनाएको हो ।

यसरी फ्याँकिने खानामा झण्डै ६० प्रतिशतको अंश घरबाट निस्कने गर्दछ । प्रतिवेदनका अनुसार यो अनुमान गरेभन्दा धेरै ठूलो हो । मानिसले थप सावधानीपूर्वक खाना र किनमेलको योजना बनाउन थालेको पनि जनाइएको छ ।