
काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी ओलीले आफू कुन पार्टीको सदस्य र अध्यक्ष हो भनेर अदालतले भनिसकेको प्रष्ट्याउनु भएको छ ।
आइतबार बसेको पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई कुन पार्टीको हो भनि गरेको प्रश्नको जवाफ दिँदै आफ्नो पार्टीबारे अदालतले भनिसकेको बताउनुभएको हो ।
आइतबारको संसद बैठकमा रावलले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्रीको पार्टी कुन हो भन्ने प्रश्न उठेको उल्लेख गर्नुभएको थियो ।
सोमबार महिला दिवससम्बन्धि कार्यक्रममा प्रधानमन्त्री ओलीले रावलको नाम नलिइकनै भन्नुभयो, ‘मैले उहाँहरुलाई सोध्न नपरोस्, तपाईं कुन पार्टीको हो ?’
आफूलाई दाहाल–नेपाल समूहले नेकपाको साधारण सदस्यबाट निश्कासन गरेको स्मरण गर्दै ओलीले आफू त्यो पार्टीको सदस्य नभएको पनि बताउनुभयो ।
आइतबार सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिँदै ओली–दाहाल नेतृत्वको नेकपाको आधिकारिता नरहेको फैसला सुनाएको थियो ।
फैसलामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता हुनुभन्दा अघिको पूर्ववतः अवस्थामा रहेको पनि जनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्