
काठमाडौं, फागुन २५ । सेयर बजार परिसुचक नेप्से २३ अंकले घटेको छ ।
सो अंकको गिरावटपछि परिसूचक २४६१ अंकमा कायम भएको छ ।
यस दिन कारोबार रकम पनि खुम्चिएको छ ।
कुल ४ अर्ब ७५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
होटल तथा पर्यटन ६८ र जलविद्युत समूह ३६ अंकले बढेका छन् ।
बैंकिङ २१, ब्यापार ४९, विकास बैंक २२, फाइनान्स ४, निर्जीवन बीमा ११४, उत्पादन ८८, अन्य २०, माइक्रोफाइनान्स ४७, जीवन बीमा २०१ र लगानी समूह १ अंकले घटेका छन् ।
५ कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। हिमालय उर्जा विकास कम्पनी, चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो डेभलपर्स, रैराङ हाइड्रोपावर र युनाइटेड फाइनान्सको मूल्य करिब १० प्रतिशतले बढेको छ ।
मंगलबारको कारोबारपछि चन्द्रागिरि हिल्सको मूल्य ७३१ रुपैयाँ कायम भएको छ ।
कारोबारका आधारमा मंगलबार शिखर इन्स्योरेन्स अग्रस्थानमा रह्यो ।
सो कम्पनीको ६५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य प्रतिकित्ता २६२२ कायम भएको छ ।
त्यस्तै माथिल्लो तामाकोसीको २९ करोड रुपैयाँ बराबरको कारोबार भयो भने मूल्य प्रतिकित्ता ५९५ रुपैयाँ कायम भएको छ ।
गुमाउनेमा सपोर्ट माइक्रोफाइनान्स अग्रस्थानमा रह्यो ।
सो कम्पनीको मूल्य ५.१ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्