
धादिङ, फागुन २५ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा मंगलबार दुईजनाको मृत्यु भएको छ ।
रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौंतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिकाका चालक विष्णु घिमिरे र सहचालक सुमन सञ्जेलको मृत्यु भएको हो ।
दुवैको ट्रकले थिचेर मृत्यु भएको बताईएको छ ।
दुर्घटनाको अनुसंधान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्