
मकवानपुर, फगुन २५ । मकवानपुरको चुरीयामाई मन्दिर परिसरमा दक्षिण एसियाकै पहिलो सुरुङका परिकल्पनाकार र निर्माणकर्ता डिल्लीजंग थापाको अर्धकदको शालिक निर्माण गरिएको छ ।
नेपालका प्रथम सिभिल इन्जिनियर ब्रिगेडियर कर्णेल थापाको अर्धकदको शालिक हेटौंडाका मेयर हरिबहादुर महतले मंगलबार अनावरण गर्नुभएको हो ।
मेयर महतले दक्षिण एसियामै पहिलो पटक सुरुङ निर्माण गर्ने थापाको इतिहासलाई जोगाउन कुनै कसुर नराखी सहयोग गरिने बताउनुभयो ।
उहाँले हेटौंडाको टिसीएनको टोली हेगन पार्कका निर्माता र सुरुङ निर्माणकर्ता थापाले इतिहासमा गरेको कामलाई स्थानीय सरकारले संरक्षण गरेको बताउनुभयो ।
इन्जिनियर थापाले हेटौंडा-काठमाडौं रोपवे, १९९० सालको भूकम्पपछि भत्किएको धरहरा र घण्टाघरको पुनर्निर्माण, काठमाडौंमा रहेका राणाहरूका दरबार, नेपालको प्रथम रेल वे जनकपुर–जयनगरको डिजाइन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्