७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि खलंगालाई


0
Shares

बैतडी, फागुन २५ । बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न चौथो संस्करणको मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि वडा नं ४ खलंगाले हात पारेको छ ।

फाइनल भिडन्तमा खलंगाले वडा नं ५ दशरथचन्दलाई ४ रनले स्तब्ध पार्यो ।

उपाधिसंगै खलंगाले ७५ हजार हात पारेको छ भने दशरथचन्दले ५० हजारमा चित्त बुझाएको छ ।

खलंगाले दिएको १३० रनको लक्ष्य पन्छाएको दशरथचन्दले २० ओभर ६ विकेटको क्षतीमा १२५ रन मात्रै बनाउन सक्यो ।

खलंगाका गोपी नाथले २ विकेट हात पारे । त्यसअघि दशरथचन्द खेलमैदानमा पहिला ब्याटिंग गरेको खलंगाले विक्रम चन्दको ६२ रनको मद्दतमा १२९ रन बनायो ।

दशरथचन्दका भोज चन्दले ३ विकेट लिए । खलंगाका विक्रम चन्द म्यान अफ द फाइनल चुनिए ।

यस्तै प्रतियोगिताभर ११८ रन र ४ विकेट लिएका वडा नं १० बाराकोटका प्रकाश बुडाल म्यान अफ द सिरिज भए ।

खलंगाका लागि प्रतियोगिता भर १४० रन बनाउने राजु भाट बेस्ट ब्याट्सम्यान भए भने वडा नं ३ दुर्गाभवानीका लागि ९ विकेट झारेका जय रावत बेस्ट बलर चुनिए ।

विजेता तथा उपविजेता खेलाडीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापालगायतले पुरस्कार वितरण गरेका छन् ।