
काठमाडौं, फागुन २५ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भेटवार्ता भएको छ ।
देउवालाई भेट्न अध्यक्ष दाहाल अपरान्ह ४ बजे देउवा निवास बुढानिलकण्ठ पुग्नुभएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
आधा घण्टा चलेको भेटमा संभावित सत्तासमिकरण तथा संसदमा हुने सहकार्यको विषयमा छलफल भएको जनाइएको छ ।
जसपालाई ओलीसँग मिल्न नदिने र तीन दल मिलेर सरकार गठन गर्न भुमिका खेल्न देउवालाई दाहाले आग्रह गरेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्