
काठमाडौं, फागुन २५ । सुनको मूल्य पुनः ओरालो लागेको छ ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै मंगलबार पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सयले ओरालो लागेर ८५ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन १ सयले बढेर ८६ हजार २ सयमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १२ सय ५५ मा कारोबार भएको महासंघले जनाएको छ ।
मंगलबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंन्स १७ सय ५ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्