२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


कैलालीमा ओली र नेपाल पक्षबीच झडप, एमाले प्रदेश कार्यालय प्रहरी नियन्त्रणमा


0
Shares

कैलाली, फागुन २६ । कैलालीको धनगढीस्थित एमालेको प्रदेश कार्यालयमा बोर्ड राख्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यकर्ताबीच बुधबार झडप भएको छ ।

धनगढी उपमहानगरपालीका वडा नम्बर –३ चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा दुवै पक्षका कार्यकर्ता बीच झडप भएको थियो ।

झडपपछि स्थिति तनावपूर्ण भएको छ ।

नेपाल पक्षका कार्यकर्ताले भीम रावल प्रदेश इन्चार्ज र भानुभक्त जोशी अध्यक्ष भएको नेमप्लेटसहित नयाँ बोर्ड राखेका थिए ।

त्यसको केही बेरमा ओली पक्षका प्रदेश अध्यक्ष कर्ण थापाको नेतृत्वमा गएको समूहले नेपाल पक्षले राखेको बोर्ड च्यातेर नयाँ बोर्ड राखेको थियो ।

त्यसलगत्तै नेपाल पक्षका कार्यकर्ताले पुनः ओली पक्षले राखेको बोर्ड र नेमप्लेट हटाएका थिए ।

त्यस क्रममा दुवै पक्षबीच झडपसमेत भएको थियो । अहिले प्रदेश कार्यलय प्रहरीले नियन्त्रणमा लिएको छ ।