१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वर्तमान सरकारसँग कुनै पनि किसिमको सहकार्य हुँदैन : उपेन्द्र यादव


0
Shares

काठमाडौं, फागुन २६ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग कुनै पनि किसिमको सहकार्य तथा सहयात्रा नहुने स्पष्ट पार्नुभयो ।

वर्तमान सरकारलाई सत्ताबाट हटाउने नै आफ्नो पार्टीको मुल ध्येय भएको उहाँको भनाई छ ।

जसपाका नेता लक्ष्मणलाल कर्णले एमालेसँग सत्ता समिकरणबारे छलफल गर्न कार्यदल नबनेको उहाँको जिकिर छ ।

नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले नेपाली कांग्रेस हतारमा सरकारमा जानुभन्दा विश्लेषण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।