
काठमाडौं, फागुन २६ । नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रमहरुमा विशेष वक्ताको रुपमा राख्ने भएको छ ।
आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रुपमा प्रस्तुत गर्ने भएको हो ।
एसिड आक्रमणबाट पिडित खातुनलाई आयोगका अध्यक्ष समिम मिया अन्सारीले सम्मान गर्दै एसिडविरुद्धको अभियानमा मुस्कानको भूमिका महत्वपूर्ण हुने भएकोले विशेष स्थान दिन लागिएको बताउनुभयो ।
यस्तै सम्मानित खातुनले सबैको सहयोग र सद्भावले आफूले पीडालाई शक्तिमा बदल्न सकेको बताउनुभयो ।
आफूले एसिड बिरुद्ध जनचेतना जगाउने काममा सधै लाग्ने पनि बताउनुभयो ।
मुस्कान खातुनलाई जलेको घाउ लिएर समाजमा क्रियाशिल भएर कार्य गरेको भन्दै अमेरिकाले सम्मान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्