१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


खोप खरिदका लागि छुट्याएको रकमबाट ३८ अर्ब रुपैयाँ बचत गर्छु : स्वास्थ्यमन्त्री


0
Shares

नवलपरासी, फागुन २६ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सरकारले कोरोना खोप खरिदका लागि छुट्याएको रकमबाट ३८ अर्ब रुपैयाँ बचत गर्ने बताउनुभएको छ ।

पश्चिम नवलपरासीको बर्दघाटमा स्वास्थ्य बीमा कार्यक्रमको बुधबार शुभारम्भ गर्दै उहाँले खोप खरिदका लागि छुट्याएको रकम बचत गरेर अस्पताल निर्माणमा खर्च गर्ने बताउनुभयो ।

१० अर्ब रुपैयाँको खर्चमा सम्पूर्ण नेपालीलाई खोप लगाएर छाड्ने र बाँकी रहने ३८ अर्ब रुपैयाँले सातै प्रदेशमा एक/एक वटा अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्ने बताउनुभयो ।

पूर्व स्वास्थ्य मन्त्री गगन थापातर्फ इंगित गर्दै मन्त्री त्रिपाठीले उति बेलाको १ अर्ब ८२ करोडको स्वास्थ्य सामग्रीको प्याकेट अहिलेसम्म नखोलिएको बताउनुभयो ।