१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुर्यबहादुर केसीको निधनप्रति शोक प्रस्ताव पारित


0
Shares

काठमाडौं, फागुन २६ । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको महिला तथा सामाजिक समितिले प्रतिनिधिसभा सदस्य स्वर्गिय सुर्यबहादुर केसीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बुधबार सिंहदरबारस्थित समितिको हलमा बसेको महिला तथा सामाजिक समितीको बैठकले समितिको सदस्यको रुपमा रहनुभएका प्रतिनिधि सभा सदस्य स्वर्गिय सुर्यबहादुर केसीको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

समितिको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको सभापति निरु देवी पालले घोषणा गर्नुभयो ।

समितिको उक्त बैठकमा स्वर्गिय केसीको छोरा र स्वकिय सचिवको समेत उपस्थिति रहेको थियो ।

कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका वडा नं. १४ को स्थायी निवासी स्व. केसीको ६३ वर्षको उमेरमा २०७७ साल कार्तिक १७ गते निधन भएको थियो ।

उहाँ नेपाली कांग्रेस पार्टीबाट समानुपातिक सदस्यमा निर्वाचित हुनुभएको थियो भने महिला तथा सामाजिक समितिको सदस्य हुनुहुन्थ्यो ।

प्रतिनिधिसभा पुर्नस्थापना भएसँगै संघीय संसदका विभिन्न समितीहरुले आफ्ना कामहरु शुरु गरिसकेका छन् ।