
काठमाडौं, फागुन २६ । उतार चढावकाबीच बुधबार शेयर बजारमा तीन अंकले गिरावट आएको छ ।
कारोवार रकम पनि ४ अर्बमा खुम्चिएको छ । पछिल्लो समय दैनिक करोड बढी कित्ता कारोवार हुदै आएको बजारमा बुधवार भने ७८ लाख कित्ता कारोवार भएको नेप्सेले जनाएको छ ।
बुधबार हरियो र रातो उपसमुह बराबर जस्तै भए ।
यसदिन व्यापार, होटल तथा पर्यटन, उत्पादन अन्य, जलविद्युत वित्त र लगानी समुह हरियो रहदा बैक, जिवन बिमा, निर्जिबन बिमा, लघुवित्त र सामुहिक लगानी समुह रातो रहे ।
बुधवार सबैभन्दा बढी २ सय ९६ र्अकले व्यापार समुह उकालो लाग्दा उत्पादन समुह ९५, होटल तथा पर्यटन ५२, अन्य ३८ अंकले बढेका छन् ।
यस्तै जलविद्युत र वित्त समुह पनि सामान्य अंकले सुधारिएका छन् ।
बुधवार जिवन बिमा समुह सबैभन्दा बढी १ सय २९ अंकले घट्दा निर्जिबन बिमा १ सय २७ अंकले घटेको छ ।
यस्तै लघुवित्त समुह ४० अंकले गिरावट आउदा बैक समुह १० अंकले ओरालो लागेको छ । सामुहिक लगानी कोष भने रातो मात्र रह्यो ।
बुधवार ५३ कम्पनीको शेयर मुल्य बृद्धि हुदा १ सय ७ कम्पनीको मुल्यमा कमी आएको छ भने १५ कम्पनीको मुल्य स्थीर रहेको नेप्सेले जनाएको छ ।
बुधवार चन्द्रागिरी हिल्स र घलेम्दी हाइड्रो नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले कमाउदा रैराङ्ग हाइड्रो पावर मिथिला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले बढी गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्