
वीरगञ्ज, फागुन २६ । बङ्गलादेशबाट आउन लागेको रसायनिक मल वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको छ ।
बङ्गलादेशसँग जीटुजी मार्फत् गरेको सम्झौता अनुरूप पहिलो चरणको २५ सय बोरा रासायनिक मल युरिया आईपुगेको हो ।
आजदेखि नै कृषि सामग्री केन्द्र लिमिटेडको वीरगञ्जस्थित गोदामहरुमा, वीरगञ्ज बाहिर पाठाउन थालीएको कृषि सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ ।
सरकारले बङ्गलादेशसँग जीटुजी मार्फत ५० हजार मेट्रिक टन युरिया मल ल्याउने सहमति गरे बमोजिम पहिलो चरणमा २२ हजार पाँच सय मेट्रिक टन युरिया मल ल्याउन थालीएको हो ।
त्यसमध्ये एक २५ सय बोरा वीरगञ्ज आइपुगेको हो ।
भदौ १६ गते प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच पैँचो युरिया मलबारे मौखिक सम्झौता भएको थियो ।
पहिलो चरणमा २२ हजार पाँच सय मेट्रिक टन , दोस्रो चरणमा १० हजार मेट्रिक टन र तेस्रो चरणमा १७ हजार मेट्रिक टन मल ल्याउने तयारी कृषि सामग्री केन्द्र लिमिटेडले तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्