१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शिवरात्रिका अवसरमा पशुपतिमा शिवभक्तहरुको लाग्यो घुइँचो, कोरोनाका कारण भीड कम


0
Shares

काठमाडौं, फागनु २७ । शिवरात्रिको अवसरमा देशभरका शिवालयहरुमा श्रद्धालुको भीड लागेको छ ।

देशकै सबैभन्दा ठूलो शिवालय काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा बिहानैदेखि शिवभक्तहरूको घुइँचो लागेको छ ।

यसवर्ष कोरोनाका कारण अघिल्ला वर्षहरुमा भन्दा कमै भक्तजनहरु उपस्थित भएको देखिएको छ । कोरोना प्रभावले मानिसहरु खुलेर दर्शनका लागि पुग्न नसकेका हुन् ।

भीडभाडका कारण कोरोना संक्रमण हुने भयका कारण मानिसहरु अलि कम संख्यामा पशुपति पुगेका छन् ।

भक्तजनहरुलाई पशुपतिको मूल मन्दिरमा प्रवेश गर्दा मास्क अनिवार्य गरिएको छ । मध्य दिनसम्ममा करिब साढे दुई लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेको अनुमान पशुपति क्षेत्र विकास कोषको छ ।

कोरानाले गर्दा पशुपति परिसरमा यस वर्ष नागाबाबाहरुको संख्या पनि कम देखिएको छ । नागाबाबाहरु भारतका विभिन्न स्थानबाट आउने भएकाले कोरोनाले असर गरेको हो ।

लाइनमा बसेका श्रद्धालुहरूले आधा घण्टामा नै मूल मन्दिर प्रवेश गर्न सक्ने गरी व्यवस्था गरिएको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाको भनाइ छ ।