१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा अर्जुन गिरी निर्वाचित


26
Shares

काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को अध्यक्षमा अर्जुन गिरी निर्वाचित हुनुभएको छ । गिरी काठमाडौंमा सम्पन्न सातौं राष्ट्रिय अधिवेशनबाट निर्वाचित हुनभएको हो ।

निर्वाचनमा १ सय ७८ मत खस्दा गिरी १६१ मतका साथ विजयी हुनुभयो । उहाँका प्रतिष्पर्धी कपिलदेव खनालले १४ मत पाउनुभयो । अघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहनुभएका गिरी दाङस्थित रेडियो तुलसीपुरका स्टेशन म्यानेजर हुनुहुन्छ ।

अरु सबै पदमा निर्विरोध भएको छ । वरिष्ठ उपाध्यक्षमा बिष्णुदत्त अवस्थी, महिला उपाध्यक्ष बन्दना दनुवार, समावेशी उपाध्यक्षमा भुवन सिंह, निमेष कर्ण र मिलन गाहा, महासचिवमा किशोरजंग थापा, कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा निर्विरोध निर्वाचित हुनुभयो ।

अधिवेशनले केन्द्रीय सदस्य र प्रदेश कमिटी पनि निर्विरोध चुनेको छ ।