
एजेन्सी, फागुन २७ । भारतमा निर्वाचित तानाशाही व्यवस्था रहेको एक प्रतिवेदनले औल्याएको छ ।
स्वीडनस्थित भेराइटी अफ डेमोक्रेसिज इन्स्टिट्यूटको प्रतिवेदनले विश्वमै सबैभन्दा ठूलो प्रजातन्त्रका रूपमा चिनिने भारत ‘निर्वाचित तानाशाही’ मा परिवर्तित भएको जनाएको हो ।
सन् २०१४ को निर्वाचनमा हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टीले जितेपछि भारत निर्वाचित तानाशाहीकरणमा परेको दाबी गरिएको छ ।
भाजपाले हिन्दू राष्ट्रवादी एजेन्डा पछ्याएदेखि तानाशाहीकरणको अभियान चालिएको उक्त संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
भारतमा सञ्चारमाध्यम, प्राज्ञ एवं नागरिक समाजका स्वतन्त्रतालाई निकै नै कुण्ठित पारिएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको बीबीसीले जनाएको छ ।
नरेन्द्र मोदी नेतृत्वको सरकारले आलोचकहरूको मुख बन्द गर्न देशद्रोह, मानहानी तथा प्रतिआतंकवाद कानुनको सहारा लिएको दाबी प्रतिवेदनले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्