
ताप्लेजुङ, फागुन २७ । ताप्लेजुङको फुङलिङ नगरपालिका ५ स्थित उकालीपानीमा एक घर जलेर नष्ट भएको छ ।
बिहीबार दिउँसो अचानक भएको आगलागिबाट सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो ।
घरमा कोहि नभएको अवस्थामा भएको आगलागिबाट २ लाख बढिको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागिबाट नगद ८० हजार, ३० हजार बराबरको अन्नपात, लत्ताकपडा लगायतका सामान र एउटा कच्चि घर पुर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
दमकलको सहायतमा प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्