१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एजेण्डा पूरा भए सत्ता समिकरणबारे छलफल गर्ने : महन्थ ठाकुर


0
Shares

काठमाडौं, फागुन २७ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीले उठाएको एजेण्डा पूरा भएपछि मात्रै सत्ता समिकरणबारे छलफल गर्ने बताउनुभएको छ ।

बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले आफुहरुका नेता, कार्यकर्ताको मुद्धा फिर्ता तथा जेलमा रहेका नेताहरुको रिहाइ गर्ने माग पुरा भएमात्रै सत्ता समिकरणको विषयमा छलफल गर्ने बताउनुभएको हो ।

अध्यक्ष ठाकुरले पार्टीका एजेण्डाका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसकेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गर्ने जानकारी दिनुभयो ।

जसपाको शुक्रबार दिउँसो १ बजे संसदीय दलको बैठक बस्ने र संसदीय दलको विधान पारित गर्ने विषयमा छलफल हुने बताइएको छ ।