२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


काभ्रेमा १४० जना ब्राह्मणबाट महारुद्री


0
Shares

काभ्रे, फागुन २७ । काभ्रेको पनौती स्थित इन्द्रेश्वर महादेव मन्दिरमा १४० जनाब्राह्मणद्धारा पाठ गरी महारुद्री लगाइएको छ ।

पनौतीवासीको सुख, शान्ति र समृद्धिको लागि महारुद्री आयोजना गरिएको भागवत धर्म संरक्षण समितिले जनाएको छ ।

स्वयंं इन्द्रले नै इन्द्रेश्वर मन्दिरको स्थापना गरेकाले पनि यसको धार्मिक महत्व अझै बढी रहेको बताइएको छ ।

इन्द्रेश्वर मन्दिरसँग इन्द्र, गौतम ऋषि र गौतम ऋषि पत्नी अहिल्याको कथा जोडिएको छ ।

१२ वर्षको तपस्यापछि इन्द्रले पापबाट मुक्ति पाएको धार्मिक विश्वास छ ।

पनौतीमा १२ वर्षमा एकपटक मकर मेला लाग्दछ ।

भगवान इन्द्रले गरेको पाप त स्नान गरेपछि पखालीएको थियो भने अरु सबैको पाप पखालिएर सुख मिल्छ भन्ने विश्वासका साथ यहाँ स्नान गर्न देशभरबाट मानिसहरु आउने गर्दछन् ।

आगामी वर्ष यहाँ मकर मेला परेको छ ।