१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रिय स्वाधिनताको लडाइँ लड्न बाँकी छ : दाहाल


0
Shares

काठमाडौं, फागुन २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वाधिनताको लडाइँ लड्न बाँकी रहेको बताउनुभयो ।

देश भित्र र बाहिरका प्रतिक्रियावादीहरुले राष्ट्रिय स्वाधिनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई कुल्चिने दुस्साहस गरेका कारण आफु चिन्तित र आक्रोशित भएको बताउनुभयो ।

दाहालले राष्ट्रिय स्वाधिनताको लडाँइ पूर्ण नभएकाले स्वाधिनताको लडाइँ लड्न बाँकि रहेको बताउनुभयो ।

दाहालले आफुभित्र आवेग र आक्रोश रहेको भन्दै नेपालको स्वतन्त्रता र जनताको आत्मनिर्णयको अधिकार माथि कसैले धावा बोले नेपाली जनतालाई विद्रोह गर्ने अधिकार हुने चेतावनी समेत दिनुभयो ।

नेपालमा शान्तिपूर्ण ढंगले जनविद्रोह गर्न सकिने सम्भावना रहेको उहाँको भनाइ छ ।